४ लाख घुससहित वन अधिकृत पक्राउ

४ लाख घुससहित वन अधिकृत पक्राउ

जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख भक्तबहादुर लामा ४ लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले लामालाई शुक्रबार दिउँसो घुस रकमसहित पक्राउ गरेको हो।

वन अधिकृत लामालाई सेवाग्राहीसँग घुस लिंदै गर्दा उनकै कार्यकक्षबाट पक्राउ गरिएको अख्तियारको सुर्खेत कार्यालयले जनाएको छ। यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.