१ लाख ८० हजार घुस सहित सिञ्चाई कार्यालय भोजपुरका इञ्जिनियर  पक्राउ

१ लाख ८० हजार घुस सहित सिञ्चाई कार्यालय भोजपुरका इञ्जिनियर  पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिञ्चाई कार्यालय भोजपुरका इञ्जिनियरलाई पक्राउ गरेको छ।

भोजपुरमा एउटा सिँचाई आयोजनाको काम सकिएपछि रकम भुक्तानी गर्न घुस लिएपछि इञ्जिनियर मोहनबाबु यादवलाई १ लाख ८० हजार घुस रकमसहित अख्तियारको इटहरी कार्यालयले पक्राउ गरेको हो ।

कुल १८ लाख रुपैयाँको सिँचाईको काम भएकामा निर्माण सम्पन्न प्रतिवेदन दिनका लागि सिडिई यादवले १० प्रतिशत रकम घुसवापत माग गरेका थिए ।

अख्तियारको टोलीले घुसवापतको रकम लिइसकेको अवस्थामा यादवलाई पक्राउ गरेको हो ।

यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.