गाउँपालिकामा कार्यरत इन्जिनियर ५० हजार घुससहित पक्राउ

गाउँपालिकामा कार्यरत इन्जिनियर ५० हजार घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले सर्लाहीको रामनगर गाउँपालिकामा कार्यरत इन्जिनियर रामजी बाबु यादवलाई ५० हजार घुससहित पक्राउ गरेकाे छ ।

इन्जिनियर यादवले गाउँपालिकाको बजेटबाट विद्युत जडान गर्ने कामको प्राविधिक मूल्याङ्कनसहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराइ दिने भन्दै सेवाग्राहीबाट घुस लिएको अवस्थामा अख्तियारले मलंगवा नगरपालिका-१० स्थित अशोका होटलबाट नियन्त्रणमा लिएको हो ।

घटनाको थप अनुसन्धान भइहरेको अख्तियारले जानकारी दिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.