घुस लिएको अभियोगमा नेपाल प्रहरीका असई पक्राउ

घुस लिएको अभियोगमा नेपाल प्रहरीका असई पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रहरी चौकी बगाह, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापालाई नियन्त्रणमा लिएको छ ।

निज प्रसनी थापाले हार्डवयरको सामान बिक्री वितरणका लागि सहज वातावरण बनाइदिने भन्दै सेवाग्राहीसँग रु तीन हजार ५०० घुस लिएको अवस्थामा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित एक रेष्टुरेन्टबाट घुससहित नियन्त्रणमा लिएको हो । उनले पटकपटक सो क्षेत्रका व्यापारीमाथि घुस माग्दै दुःख दिई व्यवसायमा कठिनाइ पुर्‍याएकोसमेत अख्तियारले जनाएको छ ।

उनलाई गएराति नियन्त्रणमा लिइएको भए पनि अख्तियारले सोमबार मात्र सार्वजनिक गरेको हो । थापालाई आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार यादवले जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.