पाँच हजार घुससहित ट्राफिक प्रहरी पक्राउ

पाँच हजार घुससहित ट्राफिक प्रहरी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सुनसरी ट्राफिक प्रहरी अस्थायी पोष्ट कोशी कटान सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवाललाई पक्राउ गरेकाे छ ।

आयोगको इटहरी कार्यालयबाट गएको टोलीले कटुवाललाई सेवाग्राहीसँग रु पाँच हजार घुस लिदै गर्दा पक्राउ गरेको हाे ।आयोगको टोलीले कटुवाललाई सोमबार पक्राउ गरेको भए पनि मंगलबार सार्वजनिक गरेको हो ।

आरोपी कटुवालमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.