७४ हजार घुससहित खरिदार पक्राउ

७४ हजार घुससहित खरिदार पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दोलखाका खरिदारलाई पक्राउ गरेको छ।

अख्तियारको टोलीले ७४ हजार घुससहित खरिदार पुष्कर अधिकारीलाई पक्राउ गरेको हाे । उनले होटल व्यवसाय दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग ७३ हजार ९५० रुपैयाँ लिएका थिए।

अरु सेवाग्राहीसँग पनि घुस लिएको सूचना पाएपछि अख्तियारको टोलीले उनको कोठामा खानतलासी गर्दा ७३ हजार ९५० घुस लिइएको पाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.