कुमालविरुद्ध आरोपपत्र दायर

कुमालविरुद्ध आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनज्योति प्रावि ज्वाइथर नवलपरासीका प्रधानाध्यापक नरदेवी कुमालविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

अनुसन्धानका क्रममा कुमालले माध्यमिक शिक्षा परिषद्, उत्तरप्रदेश, वाराणसी, भारतबाट प्राप्त गरेको हाई स्कूल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी राहत अनुदानमा प्रधानाध्यापक पदमा अस्थायी नियुक्ति लिई लाभ लिएको पाइएपछि उनीविरुद्ध आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

कुमालको उक्त कदम प्रचलित भ्रष्टाचार निवारण ऐनअनुसारको कसुर भएकाले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको माग दाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
–––

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.