सेवाग्राहीसँग २० हजार घुस लिएको आरोपमा आरोपपत्र दायर

सेवाग्राहीसँग २० हजार घुस लिएको आरोपमा आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभाग बर्दिवासमा कार्यरत सहायक सूचक दिपेन्द्र पनेरुलाई सेवाग्राहीसँग रु २० हजार घुस लिएको आरोपमा आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

निज पनेरुमाथि क्लिनिक सञ्चालन गर्न भारतबाट औषधि खरिद गर्ने कार्य सहज गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोप छ । पनेरुविरुद्ध जरिवाना र कैद सजाय मागदाबी गर्दै आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

त्यस्तै नवलपरासीको गेरमी गाविस–४ स्थित श्री राधाकृष्ण निम्न माध्यमिक विद्यालयका तत्कालीन शिक्षक सुरेन्द्रकुमार कहारले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी लाभ तथा सुविधा लिएको भन्दै उनीविरुद्ध पनि अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

माध्यमिक शिक्षा परिषद्, उत्तरप्रदेश, भारतबाट प्राप्त गरेको हाइस्कूल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी निजी स्रोतको शिक्षक पदमा बहाल रही सरकारी लाभ तथा सुविधासमेत लिएको अख्तियारले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.