मेयर सियाराम कुशवाहलाई सफाई

मेयर सियाराम कुशवाहलाई सफाई

काशी तिवारी हत्याकाण्डमा जन्मकैद सजायको  फैसला सुनाइएका रौतहट कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई सर्वोच्च अदालतले सफाई दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारदा घिमिरे र डम्बर शाहीको संयुक्त इजलासले सो निर्णय गरेको हो ।

यसअघि कुशवाहलाई उच्च अदालत, जनकपुरको वीरगञ्ज इजालासले जिल्ला अदालत बाराले दिएको सफाइ उल्टाउँदै २० वर्ष कैदको सजाय सुनाएको थियो ।

त्यसलगत्तै उनलाई सिआइबीको टोलीले गत बैशाखमा पक्राउ गरेको थियो ।  मेयर कुशवाह माओवादीबाट निर्वाचित मेयर हुन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.