बेपत्ता दुई युवकमध्ये एकको शव फेला
कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका दुई युवकमध्ये एक जनाकोे शव आज फेला परेको छ ।
बिहीबार दिउँसो नुहाउने क्रममा बगनासकाली गाउँपालिका ६ यम्घा नजिकैको कालीगण्डकीमा बेपत्ता भएका २५ वर्षीय गोविन्द परियारको शव पानीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाका प्रहरी नायक उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । परियारसँगै बेपत्ता भएका २४ वर्षीय चन्द्रबहादुर परियारको खोजी कार्य भइरहेको
प्रहरीले जनाएको छ । कूल पूजा सकेर नुहाउन गएका चार जनामध्ये दुईजना बेपत्ता भएको र दुई जनाको नदीबाटै उद्धार गरिएको थियो । सोही स्थानका २२ वर्षीय विजय परियार र १८ वर्षीय सागर परियारलाई उद्धार गरिएको थियो । उद्धार गरिएको दुबै जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै आएको अस्पतालले जनाएको छ ।”>
अरु समाचार
सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको तलव ब...
सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदे...
तपाईंको मास्क खोई ?’ प्रहरीले बाँड्यो ५ ह...
कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्...
मृतावस्थामा भेटिए विपी क्यान्सर अस्पतालका ...
विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारी...
पचास वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला ...
पचास वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्...
कोरोनाबारे सचेतना जगाउँदै प्रहरी
हिमा गाउँपालिका जुम्लामा अप्रत्यासित रुपमा कोरोना सङ्क्रमितहरु बढ्द...
कारागारका एक कैदीको मृत्यु
दाङकाे तुलसीपुर कारागारका एक कैदीको आज मृत्यु भएको छ । ठगी मुद्दामा...
नवजात शिशु मृत फेला
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा एक नवजात शिशु मृत फे...
वीरगञ्ज कारागारका एक थुनुवा बन्दीको मृत्यु
वीरगञ्ज कारागारका एक जना थुनुवा बन्दीको मृत्यु भएको छ । वीरगञ्ज महा...