भन्सार छलेर भाग्ने पक्राउ

भन्सार छलेर भाग्ने पक्राउ

मोटरसाइकलमा मोटरपार्टस्का समान ल्याएर भाग्न खोज्ने दुईलाई सशस्त्र प्रहरी बल बिओपी खक्रौलाले आज पक्राउ गरेको छ ।

मोटरसाइकलमा ट्र्याक्टरका पार्टस् लिएर आएका लम्कीचुहा नगरपालिकाको लम्कीका जनक ढकाल र टीकापुरका कृष्णा चौधरीलाई पक्राउ गरी खक्रौला भन्सार कार्यालयमा बुझाइएको बिओपी खक्रौलाका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक ध्वजविक्रम शाहीले जानकारी दिनुभयो । सीमा पोष्टमा प्रहरीले रोक्नभन्दा हवल्दारलाई नै पेलेर भागेपछि तीन किलोमिटर माथिबाट नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

भन्सार कार्यालयका प्रमुख वसन्तकुमार केसीले भन्सार ऐन २०६४ दफा ५७ (३) अनुसार संलग्नले चोरी तस्करी गरेको समानको मूल्य बराबरको रकम पक्राउ परेका दुवैलाई धरौटी माग गरिएको बताउनुभयो । पक्राउ परेका दुवैलाई जनही रु ४५ हजारका दरले जरिवाना माग गरिएको छ ।

माघ ६ गते भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको सामानसहित पक्राउ परेका टीकापुर नगरपालिका–८ का चारमध्ये चक्र ठकुल्ला र दीपेन्द्र साउद जनही रु साढे चार लाख तिरेर छुटेका र एउटै नाम भएका राजकुमार चौधरी बिगोअनुसारको रकम तिर्न नसकी थुनामै रहेका भन्सार प्रमुख केसीले जानकारी दिनुभयो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.