भिआइपी  बाल यौन दुराचारी

भिआइपी बाल यौन दुराचारी

नेपाली बालकलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी बाल यौन दुराचार गर्ने एक क्यानेडियन नागरिक पक्राउ परेका छन्।

प्रहरीले विषेश सूचनाको आधारमा शनिबार बिहान साढे ६ बजे काभ्रेपलान्चोक, मण्डन देउपुर नगरपालिका १ स्थित चिलकाजी महर्जनको घरबाट ६० वर्षिय क्यानेडियन नागरिक पेटेर जोन डाल्गिसलाई पक्राउ गरेको हो।

उनले बन्धक बनाइ राखेका १२ र १४ वर्षका २ नेपाली पीडित बालकलाई उद्दार गरेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका पेटेलाई बाल यौन दुराचार अपराध मुद्दा अन्तर्गत अनुसन्धान थालेको छ।

पेटरले नेपालमा बिगत २ बर्षदेखि हिमालय कम्युनिटी पाउन्डेशन नामक संस्था सञ्चालन गरी गरिब तथा विपन्न समुदायलाई शिक्षा र खानेपानीमा सहयोग गर्ने गरेको र ती समुदायका बालकलाई पढाईदिने, बिदेश घुमाईदिने, ठूलो भएपछि जागिर लगाईदिने भन्दै समाजसेवीको आवरणमा स-साना वालकहरूलाई यौन शोषण गर्ने गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ।

पीटरले नेपालमा बिगत २ वर्षदेखि हिमालयन फाउन्डेशन संचालन गरी गरिव तथा विपन्न समुदायलाई शिक्षा र खानेपानीमा सहयोग गर्ने गरेको थिए ।

उनी युद्भ पीडित वालवालिका, कामदार वालवालिका तथा सडक वालवालिकाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेको, ३ वटा मानार्थ बिध्यावारिधि प्राप्त गरेको, युएन ह्वाबीट्याट अफगानिस्तानमा काम गरेका ब्यक्ति हुन्।

डब्लुएचओमा सिनियर अरबान एडभाइजरको रुपमा लाइबेरिया र डब्लुएफओ डार्फरमा समेत उनले काम गरेका थिए। उनले क्यानडाको सरकारबाट ३ वटा उच्च पदकसमेत पाएका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.