राजेन्द्र खड्गी ५ लाख रुपैयाँ धरौटी तिरेर छुटे
मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा पक्राउ परेका राजेन्द्र खड्गी ५ लाख रुपैयाँ धरौटी तिरेर केन्द्रीय कारागार, सुन्धाराबाट छुटेका हुन् । पुर्पक्षका लागि थुनामा राख्नका लागि दिएको आदेश उच्च अदालत, पाटनले बदर गरेको छ ।
न्यायधिशद्वय विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको इजलासले जिल्ला अदालत, काठमाडौंको अन्तरिम इजलासलाई बदर गरेको हो ।
यसअघि १८ फागुनमा उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालतले फैसला सुनाएको थियो । तर, खड्गी मुलुकी एेन, अदालती बन्दोबस्तको महल १७ अनुसार उच्च अदालत, पाटन गएका थिए ।
सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएका थिए । फर्किने बेलामा भने दुई जना मात्र नेपाल आएका थिए ।
त्यहाँस्थित दुतावासको उजुरीको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको थियो ।
अरु समाचार
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
सामाजिक सञ्जाल चलाउनुहुन्छ,साइबर व्यूरोको ...
सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या ग...
क्लब हाउसमा प्रहरी अधिकृतको फोटो दुरूपयोग ...
सामाजिक सञ्जालमा क्लब हाउसमा नेपाल प्रहरीको लोगो तथा दर्ज्यानी चिन्...
अश्लिल सामग्री पठाउने पक्राउ
साथीलाई फेसबुक मेसेन्जरमार्फत अश्लिल सामग्री पठाउने एक पक्राउ परेका...
फेसबुकमार्फत महिलाहरुलाई अश्लिल सन्देश पठा...
फेक इमेल तथा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाहरुलाई अश्लिल सन्देश,...
‘बलात्कारी सङ्गठन’ पेज बनाउने पक्राउ
प्रहरीको साइबर ब्युरोले कथित ‘बलात्कारी सङ्गठन’ नामक फेसबुक पेज बना...
ललितपुरको रिङरोडभित्र शुक्रबार कर्फ्यू
जिल्ला प्रशासन कार्यालय ललितपुरले आफ्नो क्षेत्र पर्ने रिङरोडभित्र ...
नेपाल टेलिकमको सर्भर ह्याक गरेको अभियोगमा ...
नेपाल टेलिकमको सर्भर ह्याक गरेको अभियोगमा धनकुटा पाख्रिबास नगरपालि...