फेसबुकले साइबर क्राइम

फेसबुकले साइबर क्राइम

लोकप्रिय बनेको समाजिक सञ्जाल फेसबुकले साइबर क्राइम बढेको छ ।
पछिल्लो एक वर्षमा काठमाडौं उपत्यकामा फेसबुकसम्बन्धी ५८ वटा उजुरुी परेका छन् । महानगरीय प्रहरी अपराध महाशाका अनुसार साइबर क्राइममध्ये फेसबुकसम्बन्धी उजुरी बढ्दै गएका छन् । साउन २०६९ यता महाशाखामा साइबर क्राइमसम्बन्धी ७० वटा उजुरी परेका थिए । त्यसमध्ये ५८ वटा फेसबुक सम्बन्धी उजुरी छन् । ५७ वटा घटनालाई प्रहरीले छलफलका क्रममा मिलाएको छ भने एकजनालाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गरेको छ ।
फेसबुकबाट विभिन्न व्यक्तिको चरित्रहत्या हुने किसिमका सामाग्री पोस्ट गर्ने, अस्लील फोटो ट्याग दगर्ने, नक्कली फेसबुक अकाउन्ट बनाउनेजस्ता उजुरी महाशाखामा परेका छन् ।
दुई साता अघिमात्र माओवादी नेतृ पम्फा भुसाललाई फेसबुकमा अश्लिल गाली गर्ने काभ्रेका धबनाथ सापकोटालाई पक्राउ गरि कारबाही अगाडि बढाएको छ।
Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.