चाबहिलका प्रमुख मालपोत अधिकृतसहित १६ जनामाथि भ्रष्टाचार मुद्दा, ६० करोड रुपैयाँ बिगो दाबी

चाबहिलका प्रमुख मालपोत अधिकृतसहित १६ जनामाथि भ्रष्टाचार मुद्दा, ६० करोड रुपैयाँ बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी ढंगबाट एक नाममा रहेको जग्गा अर्काे  व्यक्तिको नाममा पास गरेको आरोपमा मालपोत कार्यालय चाबहिलका प्रमुख मालपोत अधिकृत कमलप्रसाद तिमल्सिनासहित १६ जनालाई विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुसँग ६० करोड रुपैयाँ बिगो दाबी गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चन्दनकृष्ण कायस्थको नाममा रहेको काठमाडौं बूढानिलकण्ठ नगरपालिका (साविक विष्णु गाविस वडा नं.७) को कित्ता नंं. ३२३, ३२५ र ३२९ को कूल २ रोपनी ८ आना जग्गा नक्कली जग्गाधनी र जग्गाधनी प्रमाणपुर्जा समेत खडा गरी पास गरेको पुष्टि भएपछि त्यसमा संलग्न मालपोत कार्यालय चाबहिलका कर्मचारीमाथि मुद्दा दायर गरिएको सोमबार विज्ञप्ति जारी गर्दै अख्तियारले जनाएको छ ।

विज्ञप्तिअनुसार मालपोत कार्यालय चाबहिलका प्रमुख मालपोत अधिकृत कमलप्रसाद तिमल्सिना, मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, मालपोत अधिकृत रामप्रसाद सुवेदी, नायब सुब्बा रञ्जनकुमार खरेल, नायब सुब्बा (टाइपिष्ट) जमुना कुमारी श्रेष्ठ, कार्यालय सहयोगी हरि खड्का, चन्दनकृष्ण कायस्थ भन्ने राजु थापा मगर, सानुभाइ भन्ने सानोभाइ श्रेष्ठ, श्रीकृष्ण बरुवाल, भुपाल मोक्तान भन्ने भुपाल सिंह तामाङ, ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपप्रसाद गौतम, अर्थ कवच बचत तथा ऋण सहकारी संस्था सुन्धारा काठमाडौंका निर्देशक नवदुर्गा प्रसाद ढुंगेल र प्रबन्ध निर्देशक सुरेश कुमार थापा र सानिमा बैंक एकान्तकुना ललितपुरका ट्रेलर सनिश सापकोटामाथि मुद्दा दायर गरिएको छ ।

अख्तियारका अनुसार सोमबार दायर गरिएको मुद्दामा मालपोत कार्यालयका कर्मचारीबाहेक अन्य सबैसँग ६–६ करोड रुपैयाँ बिगो दाबी गरिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.