वडासचिव ५ हजार घुससहित पक्राउ

वडासचिव ५ हजार घुससहित पक्राउ

बुटवल उपमहानगरपालिका वडा नं.१३ का वडासचिव (शाखा अधिकृत) भरतकुमार काउचालेलाई ५ हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

आयोगले सोमबार जारी गरेको विज्ञप्ति अनुसार उनलाई बुटवल उपमहानगरपालिका वडा नं.५ हाट बजारबाट सोमबार फत्राउ गरिएको हो । सेवाग्राहीसँग बसाईसराई सम्बन्धी काम गरिदिने भन्दै घुस मागेको सूचना प्राप्त भएपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो ।

आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले ५ हजार घुस लिइसकेको अवस्थामा काउचालेलाई पक्राउ गरेको हो । उनी अहिले अख्तियारको नियन्त्रणमा छन् । काउचाले माथि अहिले थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.