गृहमन्त्री बादल र चिनिया राजदुत बिच शिष्टाचार भेटवार्ता

गृहमन्त्री बादल र चिनिया राजदुत बिच शिष्टाचार भेटवार्ता

गृहमन्त्री रामबहादुर थापा बादलसँग नेपालका लागि चिनका नवनियुक्त राजदूत होउ यान्छीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले राजदुत यान्छीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै उहाँको कार्यकालमा नेपाल–चिन सम्बन्धले थप उचाई लिने विश्वाँस व्यक्तगर्नुभयो ।

उहाँले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि आग्रह गर्नुभएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राजदुत यान्छी मार्फत चिनका सामाजिक सुरक्षा मन्त्रीलाई नेपाल भ्रमणको निम्तो समेत दिनुभयो । भेटमा राजदूत यान्छीले आफ्नो कार्यकालमा नेपाल चिन सम्बन्ध थप उचाईमा पु¥याउन सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले नेपालले चिन विरोधी गतिविधि नियन्त्रणका लागि खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वाँस व्यक्त गर्नुभयो ।

उहाँले नेपालको सामाजिक र आर्थिक विकासका लागि चिन सरकारले दिँदै आएको सहयोगलाई थप बढाउँदै लैजाने प्रतिवद्धता समेत व्यक्तगर्नुभयो । भेटमा राजदुत यान्छीले गृहमन्त्री थापालाई चिन भ्रमणको समेत निमन्त्रणा दिनुभएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.