गृह मन्त्रायलयद्वारा २६ प्रमुख जिल्ला अधिकारीकाे सरुवा (नामसहित)

गृह मन्त्रायलयद्वारा २६ प्रमुख जिल्ला अधिकारीकाे सरुवा (नामसहित)

गृह मन्त्रायलयले १३ जना सहसचिव र १३ जना उपसचिवको गरी २६ जनाकाे सरुवा गरेको छ । गृह मन्त्रालयले प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको हो।

गृह मन्त्रायलयलेho निकालेको सरुवा सूचीअनुसार कपिलवस्तुमा कार्यरत अर्जुनप्रसाद पोखरेलको रुपन्देही सरुवा भएको छ।

रुपन्देहीमा कार्यरत उद्धवबहादुर रानामगरको काभ्रे सरुवा भएको छ।

नुवाकोटमा कार्यरत उद्धवबहादुर थापाको गृह मन्त्रालय, नुवाकोटमा द्रोण पोखरेल, सिरहामा कार्यरत रुद्रप्रसाद पण्डितको तनहुँ, गोपालकुमार अधिकारीको सिरहा, डोटीमा टेकनारायण पौडेल, सिन्धुलीमा जनार्दन गौतम, ध्रुवबहादुर खड्का उदयपुर सरुवा भएका छन्।

गोरखामा कार्यरत गजेन्द्रबहादु श्रेष्ठको कपिलवस्तु, सर्लाहीमा कृष्णबहादुर राउत, नुवाकोटमा द्रोण पोखरेल सरुवा भएका छन्।

उपसचिव (सहायक प्रमुख जिल्ला अधिकारी)हरू रुपन्देहीमा शम्भुप्रसाद रेग्मी, पर्वतमा कल्पना घिमिरे नेपाल, कास्कीका गुरुदत्त ढकाल, गोरखामा देवेन्द्र लामिछानेको सरुवा भएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.