इजाजत प्राप्त हतियार बुझाउन गृहमन्त्रालयको आग्रह

इजाजत प्राप्त हतियार बुझाउन गृहमन्त्रालयको आग्रह

गृह मन्त्रालयले यही मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै व्यक्तिसँग रहेका इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ ।

मन्त्रालयले शनिबार सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मङ्सिर १० गतेभित्र हतियार बुझाउन अनुरोध गरेको हो ।

मन्त्रालयले जारी गरेको सूचनामा ‘हातहतियार खरखजाना ऐन २०१९’ को दफा ८ अनुसार सम्बन्धित जिल्लाका व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरूपमा बुझाउन भनिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.