गृहमन्त्री बादल र नेपालका लागि इराकका राजदुतबीच शिष्टाचार भेटवार्ता
गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि इराकका नवनियुक्त गैरआवासिय राजदुत डा.फलाह अब्लुल्हसन अब्दुलसदाले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल–इराक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।भेटमा गृहमन्त्री थापाले राजदुत डा. अब्दुलसदालाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उहाँको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वाँस व्यक्तगर्नुभयो ।
उहाँले इराकमा ठुलो संख्यामा रोजगारीका लागि नेपालीहरु पुगेको बताउँदै त्यहाँ रहेको नेपालीको सुरक्षामा विशेष ध्यान दिन राजदुत डा.
अब्दुलसदासँग आग्रह गर्नुभयो ।
नेपालले भ्रमण वर्ष २०२० मनाउन गईरहेको सन्दर्भमा इराकबाट थप पर्यटकहरुको आगमनका लागि वातावरण बनाईदिन राजदुतसँग गृहमन्त्री थापाले आग्रह गर्नुभयो ।
राजदुत डा. अब्दुलसदाले इराकमा रहेका नेपालीहरुको सुरक्षामा आफुहरु गम्भिर रहेको बताउँदै इराकको विकासमा नेपालीहरुको महत्वपुर्ण
योगदान रहेको चर्चा गर्नुभयो ।
उहाँले आतकंवाद अहिले विश्वको साझा समस्या रहेको भन्दै आतकंवाद विरुद्ध आफुहरुको लडाईमा नेपालको समेत साथ रहने विश्वाँस व्यक्तगर्नुभयो । उहाँले भारतमा वर्षेनी ८० हजार इराकी पर्यटकको रुपमा आउने गरेको तथ्यांक प्रस्तुत गर्दै नेपालले इराकीलाई प्रवेशाज्ञा प्रक्रिया खुकुलो बनाए नेपाल भ्रमण वर्षमा ठुलो संख्यामा इराकी नेपालमा भ्रमण गर्ने बताउनुभयो ।
जवाफमा गृहमन्त्री थापाले इराकीहरुका लागि प्रवेशाज्ञा प्रक्रिया खुकुलो बनाउन आफुले तत्काल पहल गर्ने प्रतिवद्धता व्यक्तगर्नुभयो ।
अरु समाचार
अनुसन्धानमा अब्बल रहेका एसएसपी खत्री काठमा...
नेपाल प्रहरीका ५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको समेत काज सरूवा गरिए...
नेपाल प्रहरीको सरुवा मापदण्डमा के छ
नेपाल प्रहरीले सरुवा सम्बन्धि नयाँ मापदण्ड सार्वजनिक गरेको छ। नेपाल...
१३ जना डिआइजी बढुवाका लागि १८ जना एसएसपी द...
नेपाल प्रहरीमा १३ जना डिआइजी पद रिक्त छ। रिक्त रहेको पदका दागि १८ ज...
४ जना डिआइजी एआइजी बढुवा सिफारिसमा
सरकारले ४ जना डिआइजीलाई एआइजी बढुवा सिफारिस गरेको छ। रिक्त रहेको ४ ...
उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने निय...
उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने नियुक्त हुनुभएको छ। पुष्पकमल...
“ट्राफिक प्रहरीले शुरु गर्यो तत्काल जरिवा...
उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान...
विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको स...
गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेक...
चाडबाडमा सुरक्षा र बजार व्यवस्थापनमा ध्यान...
गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकलाई अनुभूति गर्ने गरी विजयादशमी...