पूर्व गभर्नर रावलसँग १० लाख धरौटी माग

पूर्व गभर्नर रावलसँग १० लाख धरौटी माग

विशेष अदातले पोलिमर नोट घोटाला प्रकरणका आरोपी तत्कालीन गभर्नर तिलक रावलसँग १० लाख रूपैयाँ धराैटी माग गरेको छ।  विशेष अदालतले सोमबार थुनछेक बहसपछि सो रकम माग गरेको हो।

थुनछेकको बहसपछि विशेष अदालतकाे इजलासले रावलसँग १० लाख रूपैयाँ धराैटी माग गर्ने आदेश दिएको हो। अदालतमा उपस्थित भएका रावलले १० लाख रूपैयाँ बुझाएर धरौटीमा रिहा भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पुस २०७५ मा रावलसहित नेपाल राष्ट्र बैंक, नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौडयाल र स्थानीय एजेन्ट हिमालयबहादुर पाण्डेविरूद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेको हो। अदालतका रजिष्ट्रार भिमकुमार श्रेष्ठले रावल हाजिर भएकाले उनको थुनछेक बहस सुरु भएको जानकारी दिए।

अन्य आरोपी भने अदालतमा उपस्थित भएका छैनन्। आयोगले तीनजना प्रतिवादीसँग जनही ९१ लाख रुपैयाँ बिगो माग दाबीसहित मुद्दा दर्ता गरेको छ।

अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, नेपाल राष्ट्र बैंकबाट अष्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छपाई गर्दा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ  गुणस्तरहीन नोट छपाई भएको उजुरीको अनुसन्धानमा तीनजना दोषी देखिएका थिए।

आयोगको अनुसन्धानमा बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने,नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधिबीच निरन्तर पत्राचार गर्ने, संचालक समितिका निर्णय चुहाउने,छापिएका नोटका कमिकमजोरी मिडियामा नल्याउनका लागि सञ्चारकर्मीलाई थाइल्याण्ड हुँदै अष्ट्रेलिया पठाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउनेसम्मका घटना भएका छन्।

नोट छपाईका लागि जसलाई पछि कार्यादेश दिइएको हो उसलाई नै बोलपत्र पूर्व नै नोटको डिजाइन गर्न लगाएको, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजश्व छल्ने नियतले कमिशन उल्लेख नगर्ने गरी राष्ट्र बैंकलाई घाटा पुर्याएको ठहर आयोगको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.