वैदेशिक रोजगार विभागका नासु ६० हजार घुससहित पक्राउ

वैदेशिक रोजगार विभागका नासु ६० हजार घुससहित पक्राउ

वैदेशिक रोजगार विभागका नायव सुब्बा ६० हजार घुससहित पक्राउ परेका छन् ।

वैदेशिक रोजगार विभाग काठमाडौंका नासु रामकुमार फुयाँललालाई पूर्वसूचना र उजुरीका आधारमा घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेकाे हाे ।

फुयाँले वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका व्यक्तिलाई पक्राउ पूर्जि जारी गरिदिन्छु भनेर धम्की दिँदै घुस लिएकाे बताइएकाे छ ।

६० हजार रुपैयाँ घुससहित पक्राउ परेका फुयाँलमाथि थप अनुसन्धान भइरहेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.