विपल्व समुहलाई राजनीतिको मुलधारमा ल्याइन्छ : गृहमन्त्री

विपल्व समुहलाई राजनीतिको मुलधारमा ल्याइन्छ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपल्व समुहलाई राजनीतिको मुलधारमा ल्याउने प्रयास भइरहेको बताएका छन् ।

पोखरामा आइतबार भइरहेको क्षेत्रीय सुरक्षा बैठकमा गृहमन्त्री थापाले थापाले पत्रकारहरूसँग कुरा गर्दै यो कुरा बताएका हुन् । ‘विप्लव भन्ने समूहहरु शान्ति सुरक्षाको निम्ति बाधक भएकाले उनीहरुलाई पनि मूल प्रवाहमा ल्याउने प्रयत्न सरकारले गरिरहेको छ,’ थापाले भने, ‘आशा छ उनीहरु पनि सहमतिमा आउँछन् ।’

प्रदेश प्रहरी गठनका निम्ति छिटै बाटो खोलिदिने थापाको भनाइ थियो । संसदमा छलफल हुन नपाएकाले प्रदेश प्रहरी सम्बन्धी ऐन ल्याउन नसकिएको थापाले बताए ।

त्यस्तै उनले जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको बताउँदै वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताएका छन् । यसबारे कुनै अन्य शंका नर्गन उनले आग्रह गरेका छन् ।

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.