विप्लव समूहको गतिविधि निस्तेज भएको छ : गृहमन्त्री थापा

विप्लव समूहको गतिविधि निस्तेज भएको छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहको गतिविधि निस्तेज पार्न सरकार सफल भएको दाबी गरेका छन् । यद्यपि, उनले यो समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयासमा सरकार लागिरहेको बताए ।

आज प्रदेश १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न विराटनगर आइपुगेका मन्त्री थापाले यो कुरा बताएका हुन् । मन्त्री बादलले ‘विप्लव समूहको गतिविधि निस्तेज भएको छ । यसलाई पूर्ण निस्तेज पार्न सरकारले नीतिहरु अख्तियार गरेको बताएका छन् ।

उनले विप्लव समस्याको समाधान सरकारले वार्ता र संवादबाटै गर्न चाहेको पनि उक्त अवसरमा प्रष्ट पारे । उनले विखण्डनकारी सि के राउतलाई सरकारले मूल धारमा ल्याउन सफल भएको भन्दै विप्लवलाई पनि मूल धारमा ल्याउन प्रयार जारी रहेको बताउँदै  विप्लव समूहले विध्वंशकारी गतिविधि गरेकाले सरकारले नियन्त्रणमा लिएको उनले दोहोर्‍याए ।

उनले भने ‘  जुन सुकै उद्देश्य बोकेका राजनीतिक दललाई शान्तिपुर्ण आन्दोलन गर्ने छुट छ । तर शान्ति सुरक्षामा खलल पुर्‍याउने छुट कसैलाई छैन’।

फरक प्रसंगमा उनले वर्ष ०७६ लाई सरकारले समृद्धिको वर्ष मानेको बताए । यसका लागि आवश्यक पूर्वाधार तयारीमा सरकार जुटेको उनको भनाइ छ ।

गृहमन्त्री थापाले राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध सुधारमा पनि सरकार सफल भएको दाबी गरेका छन् ।

बैठकमा गृह सचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्रका महानिरीक्षक शैलेन्द्र खनाल, प्रदेश १ का १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखलगायतका सुरक्षा अधिकारीको सहभागिता रहेको थियाे।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.