मदन भण्डारीका हत्यारा छिट्टै पत्ता लाग्ने : गृहमन्त्री बादल

मदन भण्डारीका हत्यारा छिट्टै पत्ता लाग्ने : गृहमन्त्री बादल

गृहमन्त्री रामबहादुर थापा बादलले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी प्रक्रिया सुरू गरिएको दाबी गर्नुभयो।

आज २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने जानकारी दिनुभयो ।

मन्त्री थापाले हत्यारा खोजीको प्रक्रिया सुरु भएको दाबी गरे पनि त्यो कसरी अघि बढ्दै छ भन्नेबारे भने केही पनि खुलाउनु भएन ।

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो ।

२६ वर्षअघि भएको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म सतहमा आउन सकेको छैन । दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि यो थप रहस्मय बन्न पुगेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.