प्रदेश प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशन : जनतालाई  राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्नु

प्रदेश प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशन : जनतालाई  राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्नु

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रदेश प्रहरी प्रमुखको रुपमा खटिन लागेका सात डिआईजीलाई मंगलबार निर्देशन दिएका छन् । शान्ति सुरक्षा र सुशासन बलियो बनाई जनतालाई प्रभावकारी सेवा प्रवाह हुनेगरी काम गर्न उनले निर्देशन दिएका हुन् ।

‘आफुलाई कर्मचारी मात्र नठानी जिम्मेवार नागरिक पनि हुँ भन्ने गरि काम गर्नुहोला,’ उनले भने, ‘प्रदेश अनुसार फरक–फरक समस्या र विशिष्टता छन् । सोही अनुसार रणनीति बनाएर काम गर्नुपर्ने अवस्था छ ।’

उनले प्रतिपक्षले साना विषयलाई पनि उछालिरहेका भन्दै त्यसप्रति सजग रहन निर्देशन दिए। ‘प्रतिपक्षले साना विषय पनि उछालिरहेका छन्’, उनले भने,‘सचेततापूर्वक काम गर्नू।’

जनतालाई  राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्न पनि उनले निर्देशन दिए।

तस्करीको नयाँ रूट खुलेको आशंका गर्दै त्यसप्रति सचेत रहन उनले आग्रह गरे। ‘तस्करीका नयाँ रूट खुलेको सुनिन्छ। कतिपय ठाउँमा प्रहरी र तस्करको मिलेमतोका पनि खबर आउने गर्छन् सचेत हुनू’, उनले भने।

विप्लव समूहका गतिविधि नियन्त्रणमा प्राथमिकतामा राख्न र राजावादी र विखण्डनवादिका गतिविधि पनि निगरानीमा राख्न उनले निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

गृहले गत जेठ ३२ डिआइजीलाई प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा गरेको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.