८ न्यायाधीशलाई कारबाही गर्ने तयारी

८ न्यायाधीशलाई कारबाही गर्ने तयारी

न्यायपरिषदले तस्करीको ३३ किलो सुन र सनम हत्याकाण्डका अभियुक्तको निवेदनमाथि आदेश गर्ने विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ८ न्यायायाधीशलाई विभिन्न कारबाही गर्ने निर्णय गरेको छ।

उनीहरूलाई सामान्य ध्यानाकर्षणदेखि थप कारवाही गर्ने सम्मको निर्णय भएको छ तर उक्त निर्णयको माइन्युटमा पदाधिकारीको हस्ताक्षर भने भइसकेको छैन।

सुनकाण्डको आदेश गर्दा नियमविपरित आदेश गरेको भन्ने उजुरीका आधारमा उनीहरूलाई ६ महिना देखि कामबाट अलग राख्न परिषदमा तानिएको थियो।

मंगलबार बसेको परिषद बैठकले न्यायाधीश थिरबहादुर कार्की र उमेश सिंहलाई थप कारबाही गर्ने भएको छ। त्यो कारवाही कस्तो हुने भन्ने टुंगो भने अहिले नै नलगाएको परिषद स्रोतले बतायो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.