पूर्व सभासद कार्की भ्रष्टाचारी ठहर

पूर्व सभासद कार्की भ्रष्टाचारी ठहर

सर्वोच्च अदालतले पहिलो संविधानसभाका सभासद डोलबहादुर कार्की (डिबी)लाई भ्रष्टाचारी ठहर गरेको छ।

सभासद हुँदा प्रहरी निरिक्षक बनाइदिन्छु भन्दै एक लाख रुपैयाँ घुस लिएको बेला रंगेहात पक्राउ परेका डोलबहादुर कार्कीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो।

सर्वाेच्चका न्यायाधीश दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले कार्कीलाई जेल सजायको फैसला सुनाएको हो ।  कार्कीले प्रहरी निरीक्षक भर्ना गरिदिन प्रलोभन देखाई एक लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको थियो ।

२०६७ सालमा विशेष अदालतले पनि उनलाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो।

तर कार्कीले सर्वोच्चमा पुनरावेदन दिएका थिए।

मंगलबार न्यायाधीश दीपक कुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले विशेषकै फैसला सदर गरेको छ।

पहिलो संविधानसभामा तत्कालीन एमालेका समानुपातिक उम्मेदवार रहेका कार्की वामदेव निकट मानिन्थे।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.