शान्ति सुव्यवस्था कायम गर्ने क्रममा सर्लाहीमा गोली चलाउन पर्‍यो : गृहमन्त्री

शान्ति सुव्यवस्था कायम गर्ने क्रममा सर्लाहीमा गोली चलाउन पर्‍यो : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा  ‘बादल’ले विप्लव समूहका सर्लाही ईञ्चार्ज कुमार पौडेलको मृत्यु भएको घटना छानबिनका लागि संसदले संसदीय समिति गठन गर्न सक्ने बताउनु भएकाे छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सर्लाही घटनाबारे सांसदहरुले उठाएको जिज्ञासाको सम्बोधन गर्दै  मन्त्री थापाले उक्त कुरा बताउनु भएकाे हाे ।

मन्त्री थापाले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा सर्लाहीमा घटना घटेको उल्लेख गर्नुभयाे ।

सर्लाहीमा पौडैलसहित भिन्नाभिन्नै घटनामा तीन जनाको मृत्यु भएकोमा प्रतिपक्षी दल कांग्रेस र राजपाले गृहमन्त्रीको धारणा मागेका थिए।

सर्लाहीमा विप्लव समूहले चन्दा आतंक मच्चाएको, जनप्रतिनिधिलाई धम्की दिएको र उनीहरुकै मागअनुसार शान्ति सुव्यवस्था, नागरिकको जिउधनको रक्षा गर्न सरकारले कदम चालेको बताउनुभयो ।

गएको असार ५ गते सर्लाहीमा भएको भनिएको भिडन्तमा विप्लव समूहका सर्लाही इञ्चार्ज पौडेलको भएको थियो । पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको दाबी गर्दै कांग्रेसले सरकारको जवाफ मागेको थियो ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.