निर्मलाको हत्यारा उम्किँदैन : गृहमन्त्री थापा

निर्मलाको हत्यारा उम्किँदैन : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी उम्किन नपाउने र अनुन्धान जारी रहेको बताउनु भएकाे छ।

सोमबार राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा बोल्दै गृहमन्त्री थापाले उक्त कुरा बताउनु भएकाे हाे । उँहाले व्यवसायिकता प्रदर्शन नगर्ने र कमजोर कार्यसम्पादन भएका प्रहरी कर्मचारीको गृह मन्त्रालयले निगरानी गरिरहेको बताउनु भयाे ।

कतिपय घटनाको अनुसन्धान जटिल हुने बताउँदै गृहमन्त्री थापाले दुर्भाग्यवश घटना भएको र अपराधी तत्काल पत्ता लगाउन नसकिएको बताउनु भयाे । उँहाले कतिपय कुरा अनुसन्धानको क्रममै रहेकाले सार्वजनिक गर्न नमिल्ने तर्क समेत गर्नुभयाे ।

अपराधी पत्ता लगाई कानूनी कारबाहीमा ल्याउन नसके पनि प्रहरीले निकै गम्भीरताका साथ अनुसन्धान गरिरहेको बताउँदै अनुसन्धानलाई नतिजामा पुर्‍याउन कुनै कसर बाँकी नराखेकाे बताउनु भयाे । अनुसन्धान कार्यमा हुने कुनै पनि किसिमको लापरबाहीलाई मन्त्रालयले सहने छैन उँहाले भन्नुभयाे ।

गृहमन्त्री थापाले भन्नुभयाे, ‘‘सयौं व्याक्तिलाई अनुसन्धानको घेरामा राखेका छौं । नयाँ सूत्रबाट अनुसन्धान अगाडि बढेको छ ।’’

अपराध अनुसन्धान गर्ने विभिन्न तरिका हुने बताउँदै गृहमन्त्री थापाले दीलिप विष्ट लगायतका व्यक्ति डिएनए नमिलेकाले छुटेको बताए । पछिल्लो समय यसबारे सार्वजनिक बहस भइरहेको र त्यसबाट अनुसन्धानलाई सहयोग नै पुग्ने गृहमन्त्रीको भनाइ छ ।

समिति बैठकमा सांसदहरुले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानमा प्रहरी कहाँ अलमलियो भनी प्रश्न गरेका थिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.