गृह मन्त्रालयले माग्यो झन्डै २ हजार कर्मचारी

गृह मन्त्रालयले माग्यो झन्डै २ हजार कर्मचारी

गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करार पदपूर्तिका लागि विभिन्न पदमा गरी झन्डै २ हजार जना कर्मचारी माग गरेको छ ।

विभागले राजपत्र अनंकित प्रथम श्रेणी (नासु) सरह एमआईएस अपरेटर पदका लागि ९ सय ९४ जना कर्मचारी माग गरेको हाे । यस्तै, राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) सरहत फिल्ड सहायक पदमा ९ सय ९५ जना कर्मचारी माग गरेको छ ।

इच्छुकहरूले अनलाइनबाट दरखास्त पेश गर्न पाउने गृह मन्त्रालयले जनाएको छ। सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत देशैभरका ७५३ वटा स्थानीय तहमा सेवा इकाइका लागि कर्मचारी माग गरिएको हो।

एमआईएस अपरेटर र फिल्ड सहायक पदमा खुला प्रतिस्पर्धाबाट करारमा कर्मचारी राख्ने गृहले मंगलबार गोरखापत्रमा निकालेको सूचनामा उल्लेख छ। दरखास्तका लागि १५ दिनको समय दिइएको छ।

विस्तृत विवरणका लागि तलको विज्ञापन हेर्नुहोस्,

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.