बाँके घटनाकाे दोषीलाई सरकारले कारबाही प्रक्रिया सुरू गरिसक्यो : गृहमन्त्री थापा

बाँके घटनाकाे दोषीलाई सरकारले कारबाही प्रक्रिया सुरू गरिसक्यो : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा बादलले नेपाली कांग्रेस बाँके सभापति किरण कोइरालामाथि भएको आक्रमणमा संलग्न रहेकालाई सरकारले कारबाही प्रक्रिया सुरू गरिसकेको बताउनु भएकाे छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँके सभापति कोइरालालाई आक्रमण गर्ने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तामाथि कारबाहीको माग राख्दै सदन अबरूद्ध गरेपछी बाेल्दै गृहमन्त्री थापाले उक्त कुरा बताउनु भएकाे हाे ।

गत बिहीबार बाँके खजुरा गाउँपालिकामा कांग्रेसले आयोजना गरेको राष्ट्रिय जागरण अभियानका क्रममा नेकपा कार्यकर्ताले सभापति कोइरालाको हात भाँचिदिएका थिए।

उक्त घटनाको बारेमा सदनलाई आइतबार जानकारी गराउँदै गृहमन्त्री थापाले घटनालाई राजनीतिकरण नगर्न प्रतिपक्षी दल कांग्रेसलाई आग्रह गर्नुभएकाे हाे । ‘सरकारले दोषीलाई कारबाही प्रक्रिया अघि बढाइसकेको छ,’ उँहाले भन्नुभयाे, ‘जो सुकै होस् कानुन मिच्ने र शान्ति सुरक्षामा खलल पुर्‍याउनेविरूद्ध कारबाही हुन्छ।’

गृहमन्त्री थापाले दोषीमाथि कारबाही गर्न सरकार दृढ रहेको पनि बताउनुभयाे ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.