सीमानामै आउट पोस्ट निर्माण हुन्छन् : गृहमन्त्री थापा

सीमानामै आउट पोस्ट निर्माण हुन्छन् : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले नेपाल-भारत सीमा नयाँ नभई पुरानै भएको भन्दै अहिलेको सन्दर्भ मात्र नयाँ भएको बताउनु भएकाे छ ।

संसदको राज्य व्यवस्था समितिमा बोल्दै गृहमन्त्री थापाले सीमा सुरक्षाका लागि सरकारले विस्तृत योजना बनाइरहेको समेत बताउनु भयाे।

गृहमन्त्री थापाले सीमा समस्या समाधान गर्न सरकारले पहलकदमी लिइरहेको बताउँदै सरकार आफ्नो भूमि रक्षाका लागि सीमा सुरक्षा बल थप्न तयारीमा लागेको जानकारी दिनुभयो ।

कालापानी विवाद नयाँ नभई ६ दशकदेखिको समस्या भएको भन्दै उँहाले नयाँ राजनीतिक नक्सा जारी गरेपछि देखिएको बताउनु भयाे।

दार्चुलामा पनि आउट पोस्ट निर्माणका क्रममा छ। । तर विवादित क्षेत्रमा सीमा सुरक्षा बल राख्न सकिएको छैन ।’ गृहमन्त्री थापाले भन्नुभयाे, ‘भारतबाट भएको नेपाली भूमि अतित्रक्रमणको समस्या आगामी दिनमा हल गरेसँगै लिम्पियाधुरा र कालापानीमा पनि सीमा सुरक्षा बल राख्ने बताउनुभयो।’

उहाँले अहिले सीमा सुरक्षा हल गर्न सचिवस्तरीय छलफल भइरहेको पनि खुलासा गर्नुभयो । नेपाल–भारत प्रवुद्ध समूले पनि समस्या समाधानको कोशिश गरिरहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.