कालोबजारी गरेको देखिए ११४९ मा फोन गर्नुहोस् : गृहमन्त्रालय
गृहमन्त्रालयले विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथामका लागि सरकारले गरेको ‘लकडाउन’को समयमा कसैले कालोबजारी, कृतिम अभाव सिर्जना गरेको थाहा पाए निःशुल्क नम्बर ११४९ मा फोन गर्न अनुरोध गरेको छ।
गृहमन्त्रालयले बिहीबारबाट २४ घण्टा खुला रहने टोल फ्रि नम्बर उपलब्ध गराएको हो। साथै मन्त्रालयले यस जटिल घडीमा कुनै समस्या परेमा त्यसको समाधानको लागि तथा कालोबजारी, कृतिम अभाव सिर्जना गर्ने, जम्माखोरी जस्ता कार्य गरी बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुको अभाव देखिएमा शुल्क नलाग्ने र २४ घण्टा उठ्ने टोल फ्रि नम्बर ११४९ मा फोन गरी सहयोग गरिदिनु हुन अनुरोध गरेको छ।
सँगै दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्ति व्यवस्थापनलाई सहज बनाउन गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ।
उपत्यकामा रहेका अत्यावश्यक खाद्य वस्तुका सबै स्टोर एवम् विक्रेताले डेलीभरी भ्यानमार्फत आवश्यक दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउने, डेलीभरी भ्यानलाई जिल्ला प्रशासन कार्यालयबाट सवारी पास उपलब्ध गराउने, पसल सञ्चालन गर्दा आवश्यक सुरक्षा व्यवस्था महानगरीय प्रहरीले मिलाउनेलगायत निर्णय गरेको हो।
अरु समाचार
अनुसन्धानमा अब्बल रहेका एसएसपी खत्री काठमा...
नेपाल प्रहरीका ५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको समेत काज सरूवा गरिए...
नेपाल प्रहरीको सरुवा मापदण्डमा के छ
नेपाल प्रहरीले सरुवा सम्बन्धि नयाँ मापदण्ड सार्वजनिक गरेको छ। नेपाल...
१३ जना डिआइजी बढुवाका लागि १८ जना एसएसपी द...
नेपाल प्रहरीमा १३ जना डिआइजी पद रिक्त छ। रिक्त रहेको पदका दागि १८ ज...
४ जना डिआइजी एआइजी बढुवा सिफारिसमा
सरकारले ४ जना डिआइजीलाई एआइजी बढुवा सिफारिस गरेको छ। रिक्त रहेको ४ ...
उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने निय...
उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने नियुक्त हुनुभएको छ। पुष्पकमल...
“ट्राफिक प्रहरीले शुरु गर्यो तत्काल जरिवा...
उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान...
विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको स...
गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेक...
चाडबाडमा सुरक्षा र बजार व्यवस्थापनमा ध्यान...
गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकलाई अनुभूति गर्ने गरी विजयादशमी...