बेलायतको नागरिक भन्दै सामाजिक संजाल प्रयोग गरी ठगी गर्ने पक्राउ
आफूलाई बेलायतको नागरिक हुँ भन्दै सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-१० चुनिखेल बस्ने भोजपुर साल्पासिलिछो गाउँपालिका-४ लिम्खिया घर भएका ३१ वर्षीय केदार राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
केडि गोरखाली नामको फेसबुक आईडीबाट आफ्नै महिला साथीलाई आफू बेलायतको लाहुरे हुँ, बेलायत लैजान्छु, मेरो श्रीमती इटहरीमा सवारी दुर्घटनामा मृत्यु भएको हो, छोराछोरी लण्डलमा होस्टल राखेको छु भन्दै उनले ठगी गरेका थिए।
नेपालमा आमा हुनुहुन्छ भन्ने जस्ता म्यासेजन्जर मार्फत कुराकानी हुँदै गएकोमा गत भदौ १६ गते ग्राण्डी अस्पतालमा कलेजोको उपचाररत आमालाई केहि रकम आवश्यक परेको विश्वासमा पारी पटक पटक गरी १ लाख ६० ५ सय रुपैयाँ, सुनको बेरुवा औठी, सुनको लकेट सहितको सिक्री समेतको धनमाल ठगी गरेको भन्ने पीडितको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई ठगी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्धमा पठाईएको उक्त महाशाखाले जनाएको छ ।
अरु समाचार
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने...
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर मह...
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइ...
रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै नगद ३१ लाख ९...
राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिक...
राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाईदिन्छु ...
इच्छाराज तामाङसहित १२ जना पक्राउ,संगठित रु...
सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको बचत तथा मुद्दती खाताम...
पोखरामा पिजी रियल स्टेट नामक संस्था सञ्चाल...
पिजी रियल स्टेट एण्ड जब लिङक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनी...
सरकारी छाप दस्तखत किर्ते तथा ठगी गरेको अभि...
सरकारी छाप दस्तखत किर्ते तथा ठगी गरेको अभियोगमा धरान उपमहानगरपालिका...
नेपाल बैंकमा नक्कली बैंक ग्यारेन्टी राखेर ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही लालबन्दी नगरपालिकाको भवन...
अमेरिका जान डिभी पर्यो तर…..
ईडीभी परेका व्यक्तिले अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरे...