
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक नियन्त्रणमा
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा ना१ज १८७१ नम्बरका सुमो चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ५ पदमपोखरीका २६ वर्षीय विनोद पुलामी मगर, ना१ज ३६२५ नम्बरको सुमो चालक स्याङ्जाको भिरकोट नगरपालिका ८ का २५ वर्षीय प्रितम गुरुङ र प्रदेश ३-०२-००२प ६९२० नम्बरका मोटरसाइकल चालक ललितपुरको मंगलबजारका ३७ वर्षीय सुमन नकर्मी रहेका छन् ।
नियन्त्रणमा लिएका तिनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त किर्तिपुरमा पठाईएको छ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त किर्तिपुरको संयुक्त टोलिले आज २० ओटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जना भने लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका थिए ।
यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो ।
यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जिवन समेत जोखिममा पर्ने भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।
अरु समाचार
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
अनुसन्धानमा अब्बल रहेका एसएसपी खत्री काठमा...
नेपाल प्रहरीका ५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको समेत काज सरूवा गरिए...
२ केजी सुनसहित २ जना पक्राउ
रसुवा, गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रूवेशीबाट सुन जस्तो देखिने पहे...
रातो पासपोर्ट काण्ड
पाँच वर्षअघि सिआइबीले दुई बहालवाला सभासद्लाई पक्राउ गरेको थियो । सु...
बलात्कार गरी हत्या गरेको १२ वर्षपछि जो समातिए
काठमाडौं, १३ असार कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मकवानपुर हे...
ललिता निवास जग्गा हिनामिना प्रकरण, फरार चा...
काठमाडौं, १३ असार ललिता निवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकर...