विवाह मण्डपबाटै दुलाहा दुलही पक्राउ
रुकुम जिल्लाको सानीभेरी गाउँपालिकामा विवाह भइरहेको अवस्थामा दुलाहा दुलहीलाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिका वडा नं वडा नं ७ स्थित जैधुनेमा बाल विवाह गरिरहेका एक जोडीलाई प्रहरीले पक्राउ गरेको हो ।
बालविवाह गर्न लागेको सूचनाका आधारमा प्रहरीले दुलाहा दुलहीलाई विवाह मण्डपबाटै पक्राउ गरेको थियो । केटाकेटीबीच केही दिनअघि प्रेम विवाह भएको थियो ।
सानीभेरी गाउँपालिका वडा नं १० अर्माका १८ वर्षीय बालक र सानीभेरी वडा नं ७ जैधुनेकी १७ वर्षीया बालिकाबीच बालविवाह हुँदै गर्दा प्रहरीले पक्राउ गरेको सिम्ली प्रहरी चौकीका प्रमुख गगनसिंह ठकुरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार केटीका अभिभावक शिक्षक हुनुहुन्छ । शिक्षित परिवारबाटै यसरी बालविवाह हुनु दुखद भएको उहाँको भनाइ छ । माइती घरमा विवाह अन्तिम चरणमा पुग्दै गर्दा प्रहरी त्यहाँ पुगेको थियो ।
प्रहरीले दुलाहा दुलहीलाई पक्राउ गरेपछि विवाह रोकिएको छ । विवाह रोकी केटाकेटीलाई अभिभावकको जिम्मा लगाइने प्रहरीको भनाइ छ ।
अशिक्षितभन्दा शिक्षित परिवारबाटै बालविवाह हुने गरेको प्रहरीको भनाइ छ ।
सरकारले केटाकेटी दुवै २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह भनेको छ । बालविवाह भएका प्रकृति हेरी छ महिना वा एक वर्षसम्म कैद हुन सक्ने कानूनी व्यवस्था छ ।
अरु समाचार
अनुसन्धानमा अब्बल रहेका एसएसपी खत्री काठमा...
नेपाल प्रहरीका ५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको समेत काज सरूवा गरिए...
नेपाल प्रहरीको सरुवा मापदण्डमा के छ
नेपाल प्रहरीले सरुवा सम्बन्धि नयाँ मापदण्ड सार्वजनिक गरेको छ। नेपाल...
१३ जना डिआइजी बढुवाका लागि १८ जना एसएसपी द...
नेपाल प्रहरीमा १३ जना डिआइजी पद रिक्त छ। रिक्त रहेको पदका दागि १८ ज...
४ जना डिआइजी एआइजी बढुवा सिफारिसमा
सरकारले ४ जना डिआइजीलाई एआइजी बढुवा सिफारिस गरेको छ। रिक्त रहेको ४ ...
उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने निय...
उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने नियुक्त हुनुभएको छ। पुष्पकमल...
“ट्राफिक प्रहरीले शुरु गर्यो तत्काल जरिवा...
उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान...
विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको स...
गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेक...
चाडबाडमा सुरक्षा र बजार व्यवस्थापनमा ध्यान...
गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकलाई अनुभूति गर्ने गरी विजयादशमी...