कलंकी–नागढुंगा सडक निर्माणमा भएको लापर्बाहीको छानबिन हुने

कलंकी–नागढुंगा सडक निर्माणमा भएको लापर्बाहीको छानबिन हुने

गृहमन्त्री रामबहादुर थापाले कलंकी–नागढुंगा सडक निर्माणमा भएको लापर्बाहीको छानबिन हुने बताउनुभएको छ ।

आज यहाँ चन्द्रागिरि नगरपालिकाले आयोजना गरेको कार्यक्रमका सहभागीले सो सडक निर्माणमा भएको ढिलाइका कारण विभिन्न समस्या भोग्नुपरेको बताएपछि गृहमन्त्रीले छानविनपछि दोषी देखिए ठेकेदारलाई कारबाही हुने बताउनुभएको हो ।

गृहमन्त्री थापाले समयमा विकास निर्माणको काम सम्पन्न नगर्नु भ्रष्टाचार गरेको सरह नै भएको उल्लेख गर्दै यो कुरा सरकारलाई स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

गृहमन्त्रालयले देशभरबाट विकास निर्माणमा भइरहेको ढिलाइको विवरण संकलन गरिरहेको छ, उहाँले भन्नुभयो, “प्राप्त विवरणका आधारमा छानबिन गरी दोषीमाथि कारबाही गरिनेछ ।”

सो अवसरमा गृहमन्त्री थापाले चन्द्रागिरि नगरपालिका वडा नं २ लाई निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरिनुका साथै सो वडामा स्वास्थ्य चौकी भवनको शिलान्यास गर्नुभयो ।

यसैगरी उहाँले सो वडामा आयोजित महिलाका लागि शीपमूलक तथा आयमूलक तालीम कार्यक्रममको पनि आजै उद्घाटन गर्नुभयो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.