दावा लामाको सहयोगीमाथि प्रहरीको इन्काउन्टर

दावा लामाको सहयोगीमाथि प्रहरीको इन्काउन्टर

गुण्डा नाईके दावा लामाको सहयोगी ललितपूरको अशोक लामालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रमा लिएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले शखमुलस्थित युनएन पार्क नजिक लामामाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । महाशाखाले उनी काभ्रेली समूहका गुण्डा नाइके दावा लामााको सहयोगी भएको बताएको छ।

उनको साथबाट एक पेस्तोल र दुई राउन्ड गोली बरामद भएको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए। एसएसपी सिंहका अनुसार अशोक लामाले भैँसेपाटीमा जग्गा प्लटिङ व्यवसायीसँग जबर्जस्ती रकम असुल्ने गरेको प्रहरीमा उजुरी परेको थियो।

सोमबार अशोक लामासहितको समूहलाई पक्राउ गर्न गएको महाशाखाको टोलीमाथि गोली प्रहार भएपछि प्रहरीले जवाफी कारबाही गरेको सिंहको दाबी छ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.