युएइमा नेपाली सुन तस्कर पक्राउ, छिट्टै नेपाल पठाइने

युएइमा नेपाली सुन तस्कर पक्राउ, छिट्टै नेपाल पठाइने

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त अरब ईमिरेट्स (युएई)का राजदुत साईद हम्दान मोहम्मद अल नाक्बिले आज गृहमन्त्रालयमा शिष्टचार भेटवार्ता गर्नुभएको छ ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–युएई द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले नेपालको विकास तथा नेपाली कामदारलाई रोजगारीको सृजना अवसर गरेर युएईले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

यस्तै उहाँले युएईमा कार्यरत नेपालीहरुको संरक्षण र वृत्ति विकासमा सहयोगका लागि राजदुुतसँग आग्रह गर्नुृभएको थियो ।

सुन तस्करी सम्बन्धी घटनामा गृह मन्त्रालयले गठन गरेको अनुसन्धान समितिलाई युएई सरकारको तर्फबाट गरिएको सहयोगका लागि समेत गृहमन्त्री थापाले धन्यवाद व्यक्त गर्नुभयो ।

भेटमा राजदुत नाक्बिले नेपालमा सुन तस्करीबारे गरीरहेको अनुसन्धानको क्रममा नेपालको आग्रह अनुसार एक व्यक्तिलाई युएईमा पक्राउ गरीएको र उनलाई नेपाल पठाउने प्रक्रिया जारी रहेको गृहमन्त्रीलाई जानकारी दिनुभयो ।

को पक्राउ परे भन्ने  बिषय प्रहरीले गोप्य राखेको छ।

उहाँले मानवतस्करी र अन्य किसिमका तस्करी रोक्नेबारे नेपाल र युयईबीच कुनै किसिमको सम्झौता नभएको कारण केही समस्या देखिएको भन्दै नेपालले सो किसिमकको सम्झौता गर्न चाहे युएई तयार रहेको प्रष्ट पार्नुभयो ।
भेटमा युएईका उपप्रधान तथा गृहमन्त्रीको तर्फबाट राजदुत नाक्बिले गृहमन्त्री थापालाई युयई भ्रमणका लागि निमन्त्रणा गर्नुभएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.