नयाँ मुलुकी एेन, बाह्र वर्ष बेपत्ता भएमा मृत्यु भएको मानिने

नयाँ मुलुकी एेन, बाह्र वर्ष बेपत्ता भएमा मृत्यु भएको मानिने

कुनै व्यक्ति बिना सूचना लगातार बाह्र वर्षदेखि बेपत्ता भएमा मृत्यु भएको मानिने भएको छ।

भदौं १ गतेदेखि लागु हुन लागेको मुलुकी देवानी संहिता ऐन २०७४ मा कुनै व्यक्ति बिना सूचना लगातार बाह्र वर्षदेखि बेपत्ता भएमा मृत्यु भएको मानिने उल्लेख छ।

कुनै व्यक्ति बिना सूचना लगातार बाह्र वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वभाविक रूपमा जानकारी पाउने व्यक्तिले बाह्र वर्षदेखि कुनै
जानकारी नपाएमा त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएकोमा बाहेक त्यस्तो
व्यक्तिको मृत्यु भएको मानिनेछ ।

ऐनअनुृसार तर देहायको अवस्थामा देहायको अवधि समाप्त भएपछि त्यस्तो व्यक्तिको मृत्यु
भएको मानिनेछ –
(१) असी वर्ष उमेर पूरा भएको व्यक्ति भए पाँच वर्ष,
(२) युद्धस्थलमा खटिएको सैनिक भए युद्घ समाप्त भएको मितिले चार
वर्ष,
(३) दुर्घटना भएको वायुयान, पानी जहाज वा अन्य सवारी साधनमा
यात्रा गरेको व्यक्ति भए त्यसरी दुर्घटना भएको मितिले तीन वर्ष ।
(२) उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (३) मा जुनसुकै कुरा
लेखिएको भए तापनि कुनै व्यक्तिको कुनै दुर्घटनामा परी मृत्यु भएकोमा त्यस्तो दुर्घटनामा
पर्ने अर्को व्यक्ति जीवित रहेको प्रमाण प्राप्त नभएमा त्यस्तो व्यक्तिको पनि सोही बखत
मृत्यु भएको मानिनेछ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.