निर्मलाका अामाबाबुले अाइजिलाई भेटेर भने, अबको अाश तपाईँ मात्र

निर्मलाका अामाबाबुले अाइजिलाई भेटेर भने, अबको अाश तपाईँ मात्र

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएपछि उनका अामाबाबु न्याय खोज्दै काठमाडाैं आएका छन् । उनीहरु अाइतबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग भेट गरेका छन् ।

भेटमा क्रममा निर्मला पन्तका अामाबाबुले सर्वेन्द्र खनालबाट न्याय पाउने  विश्वास व्यक्त गरेका छन ।

घटना भएको ५३ दिन वितिसक्दा समेत दोषीलाई कानुनको कठघरामा उभ्याउन नसकिएको भन्दै उनीहरुले दुख प्रकट गरेका थिए ।

उनीहरुको साथमा रहेका महिला अधिकारकर्मीहरुले पनि आईजिपी खनाललाई अब अन्तिम आश तपाईँमात्र रहेकाे बताएका थिए।

निर्मला पन्तको हत्या प्रकरण: अनुसन्धान समितिको नेतृत्वमा डिआइजी

भेटमा आईजिपी खनालले भने निर्मला एक जनाको मात्र छोरी नभएर सबैको छोरीचेली उसै सरह भएकोले महिला हिंसा लगायत बलात्कार जस्तो जघन्य अपराधको घटनामा आफु संवेदनशील रहेको बताए । उनले केही समय धैर्य गर्न समेत आग्रह गरे ।

प्रहरी संगठनभित्र पनि केहि नालायक प्रहरी रहेको स्वीकार्दै खनाले  उनीहरुकै कारण प्रहरी संगठन बदनाम भएको बताए।

यस घटनाका तत्कालिन एसपी दिल्लीराज विष्ट लगायत ५ जना प्रहरी अधिकृतलाई निलम्बन गरेर डिआइजी धिरु बस्यालको नेतृत्वमा ९ सदस्सिय छानविन समिति गठन गरेको र समितिले अाशादित काम गर्ने खनालले बताए।

यो पनि

आचरणमा सुधार नआए बर्खास्तको लागि तयार रहन अाइजिपीको चेतावनी

‘निर्मला पन्तका हत्यारा धेरै दिन लुक्न सक्दैनन्’

निर्मला पन्त प्रकरण- २ जना डिएसपी, २ जना इन्सपेक्टर र एक जना असइ निलम्बनमा

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.