डिएसपी राउतको फाइल झिकाउने आदेश
सर्वोच्च अदालतले सुन तस्करी प्रकरणमा प्रहरी नायब उपरीक्षक सञ्जयकुमार राउतसम्बन्धी घटनास्थलको मुचुल्का र गृहमन्त्रालयअन्र्तत फाइल झिकाउने आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज घटनास्थलको मुचुल्का र गृहमन्त्रालयअन्तर्गत बनेको अध्ययन समितिको फाइल मगाउने आदेश जारी गरेको हो । जिल्ला अदालत र उच्च अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि राउतले गत कात्तिक १२ गते सर्वोच्चमा निवेदन दिनुभएको थियो । डेढ महीना लामो अनुसन्धानपछि गत वैशाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेस गरेको थियो ।
आरोपितविरुद्ध सङ्गठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी(पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो । मिलेमतोमा सुन तस्करी गर्ने चूडामणि उप्रेती ‘गोरे’ समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरी राज्यलाई रु १७ अर्ब एक करोड ८० लाख नोक्सान पु¥याएको अभियोगपत्रमा उल्लेख छ ।
–––
अरु समाचार
रेशमलाल चौधरीको मुद्दामा सर्वोच्चले दियो य...
टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा सर्वोच्च अदालतले सर...
म्याट्रिका आँखा अस्पतालमा नक्कली ‘बम...
काठमाडौंको पुरानो बानेश्वरस्थित म्याट्रिका आँखा अस्पतालमा नक्कली ...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-१० गोंगबु बस्ने ...
प्रहरी हवल्दार बाबुराम घिमिरेविरुद्ध विशेष...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्ध...
बलात्कारीलाई सात वर्ष कैद फैसला
उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङ...
बालिका बलात्कारको कसुरमा किशोरलाई १२ वर्ष ...
जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरे...
उच्च अदालत पाटनले थप सेवा शुरु गर्ने
कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारले गरेको बन्दाबन्दीकै क्रम...
विप्लव नेतृत्वको नेकपाका नेता खत्रीलाई थुन...
सर्वोच्च अदालतले नेत्रविक्रम चन्द समूहका नेता चक्रबहादुर खत्रीलाई थ...