डीएसपीमाथी बलात्कारको आरोप, सुटुक्क राजिनामा दिएर फरार !

डीएसपीमाथी बलात्कारको आरोप, सुटुक्क राजिनामा दिएर फरार !

पूर्व मेचीकी महिला एसएसपी सौरभ राणाबाट पीडित भइन् । पीडितले गृहमन्त्रालय धाएर न्याय खोजिन् ।

फलतः सौरभ अहिले अनुसन्धानका लागि थुनामा छन् । तर, गृहमन्त्रालयबाट १५–२० किलोमीटरको दूरीमा डिएसपीबाट युवती बलात्कृत भइन् । न प्रहरीले उजुरी लिन्छ, न गृहले कुरा सुन्छ ।

सविना खड्का (नाम परिवर्तन) लाई प्रहरी बृत्त चापागाउँका डिएसपी राजकुमार खिउँजुले सरकारी शयनकक्षमा लगेर यौन दुव्र्यवहार गरे । घटना २०७५ मंसिर ३० गतेको हो । एक वर्ष नाघिसक्यो, पीडितले न्याय पाइनन् । बरु, राजकुमार, उनकी पत्नी, साथी र पत्रकारसमेत मिलेर पीडितलाई धम्की र प्रलोभन दिने क्रम चलिरहेको छ ।

राजकुमार असईमा भर्ना भई डिएसपीको रुपमा चापागाउँ कमाण्ड गरेलगत्तै राजीनामा दिएर घर गइसकेका छन् । चापागाउँभन्दा परको महांकाल गाउँपालिका घर भएकी सविनाले गरुड सेक्युरिटी कम्पनीमा गार्डको जागिर खाने तयारी गरेकी थिइन् । त्यसका लागि नजिकैको प्रहरी कार्यालयबाट पुलिस रिपोर्ट ल्याउन भनिएको थियो । त्यही कामका लागि चापागाउँ प्रहरीमा पुगेकी हुन् । देख्नेबित्तिकै डिएसपीले ‘पुलिस रिपोर्ट यहाँबाट बन्दैन, जावलाखेल जानुपर्छ, तर चिया त पिएर जानु’ भन्दै आफ्नो शयन कक्षतिर लगे ।

पहिलोपटक प्रहरी कार्यालय पुगेकी सविनालाई त्यहाँको अवस्था र व्यवस्थाबारे केही थाहा थिएन । कोठामा भान्सेले चिया पकाइसकेपछि उनलाई डिएसपीले बाहिर जान भने । भान्से निस्किएपछि चिया पिउन थालेकी सविनाको गिलास रित्तिएकै थिएन, डिएसपीको हात अनुहारतिर सोझियो । माया गरेजस्तो उनले भने, ‘तिमी एकदम राम्री छ्यौ…†’ सविना अक्क न बक्क भइन् ।

त्यसपछि खिउँजुले छातितिर हात लगे । सविना अलिकति पछाडि सरेर ‘नगर्नु न सर’ भन्दै थिइन्, खिउँजुले ‘केही हुन्न के, केही हुन्न’ भन्दै कपडा नै खोल्न थाले । सविनाले सक्दो प्रतिकार गरिन् । तर, हाकिमको कोठामा हल्ला नै गरे पनि उनले नबोलाएसम्म अरु पुग्ने अवस्था भएन ।

ढोकामा चुक्कुल, सबै झ्याल बन्द भएको अवस्थामा खिउँजुले यौन व्यवहार गरे । त्यसको भिडियो रेकर्ड पनि गरे । सविनाले प्रतिकार गर्दा ‘मैले भिडियो खिचेको छु । कतै गएर केही बोल्यौ भने बर्बाद पारिदिन्छु’ भन्दै धम्की दिन थाले । युनिफर्ममै आफूमाथि यौन दुव्र्यवहार गरेपछि डिएसपी त त्यहाँबाट झरेर अफिस कोठामा छिरे, सविनाचाहिँ निकै बेर रोएर बसिन् । निस्कन खोजिन् । तर, जीवनमा पहिलोपटक कुनै पुरुषले उनको शरिरमा जबरजस्त धावा बोलेको छ र उनी घाइते भएकी छन् । उठेर हिँड्न सकिनन् । बल्लबल्ल भित्ता समातेर कोठाबाट निस्किइन् र प्रहरी कार्यालयको कम्पाउण्ड बाहिर पुगिन् ।

०७६ जेठपछि खिउँजुले कहिले प्रलोभन, कहिले धम्की दिने क्रम चलिरह्यो । मोबाइलमा अनेकन म्यासेज, फेसबुक म्यासेञ्जरमा अश्लील तस्वीर, प्रलोभन र धम्कीजन्य म्यासेजहरू पठाउने क्रम शुरु भयो । बुबालाई फोन गरेर ‘बढ्ता भइस् भने तेरो छोरी मारिदिन्छु’ भन्दै धम्की दिइयो । त्यही महिना उनको त्यहाँबाट सरुवा भयो । बस्नेत थरका पत्रकार लगाएर सम्झाउन पठाए । ‘नानी, तिम्रो इज्जत जान्छ, भविष्य पनि जान्छ । बरु पैसा लेऊ, केही गरेर बाँच्ने उपाय हुन्छ’ भन्दै ती पत्रकारले सम्झाउन खोजे, तर सविनाले मानिनन् । उनी अहिले सोल्टी होटलस्थित क्यासिनो माजोङमा जागिर खान्छिन् । त्यहाँ जागिर भएदेखि सातदोबाटोमा बस्न थालेकी छन् ।

त्यसपछि उनको कोठामै पुगेर खिउँजुको धम्कीका सिलसिला शुरु भएका छन् । चापागाउँबाट सरुवा हुने बेलामा पत्नी र छोरी ल्याएर सविनालाई कुटपिट गरे । खिउँजुकी पत्नीले पिटेपछि उनले फेसबुक फ्रेण्ड रहेका बागमती प्रदेश प्रहरीका डिआइजी शेरबहादुर बस्नेतलाई म्यासेञ्जरमा कल गरिन् । शेरबहादुरले ‘म त हेटौंडामा छु बहिनी, मेरो साथी डिआइजी मनोज नेउपाने रानीपोखरीमा छ, त्यहीँ जाऊ, म भनिदिन्छु’ भने । सविनाले नेउपानेलाई फोन गरिन् । घटना सुनाइन् । तर, नेउपानेले ‘ए ल–ल, चिन्ता नगर, म त्यसलाई कराइदिन्छु’ भनेर फोन राखे । ‘कराइदिएर’ सविनालाई पुग्ने अवस्था थिएन । उनलाई चाहिएको थियो, न्याय । त्यसपछि गाउँकै चिनेको दाइ रवि गोलेको साथ लागेर टेकुस्थित प्रहरी परिसरमा जाहेरी दर्ता गर्न गइन् । त्यहाँ जाहेरी लिइएन । बरु, गाउँको दाइ भनेर विश्वास गरिएका रवि गोले खिउँजुसँग मिलेर आफैँलाई ‘अब छाडिदेऊ’ भन्न थाले ।

पत्रकारले ‘मैले डिएसपीसँग पैसा लिएर आएको छु, यो पैसा आधा–आधा गरौँ, डिएसपीको बूढीसँग डिभोर्स गराइदिन्छु र बिहे पनि गराइदिन्छु’ भन्न थाले । यतिबेलासम्म डिप्रेसनको औषधी खान थालिसकेकी सविना त्यसपछि डिएसपी होविन्द्र बोगटीकहाँ पुगिन् । होविन्द्रले राम्रै रेस्पोन्स त गरे, तर जाहेरी लिन मानेनन् । उजुरी गर्न जानेबित्तिकै सूचना पाइहाल्ने र धम्की आउने, मान्छेहरू पठाउने काम खिउँजुले गर्दै आएका छन् । सोमबार जनआस्था कार्यालयमा आएकी पीडितले भनिन्, ‘मलाई न्याय नै चाहिन्छ । उसलाई जेलमै हाल्नुपर्छ ।’ आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.