एसएसपी प्रद्युम्न कार्की

एसएसपी प्रद्युम्न कार्की

नेपाल प्रहरीका अब्बल नेतृत्व क्षमता भएका प्रहरी अधिकृतमा गनिन्छन् एसएसपी प्रधुम्न कार्की । आफु बसेको ठाउमा कामकै आधारमा चर्चित र सम्मानित हुँदै आएका प्रहरी अधिकृत हुन।

दिएको जिम्मेवारी सफलता पुर्वक सम्पन्न गर्न सदैव सफल भएका कार्यालय प्रमुख रहेका स्थानमा कुनै न कुनै नयाँ कार्यक्रम तथा अपराधीविरुद्ध सशक्त अप्रेसन सञ्चालन गरी त्यहाको जनताको मनमा बस्न सफल कार्की गुण्डागर्दीले आतंकित विराटनगरमा प्रहरी प्रमुख भएर गए पछि गुण्डागर्दी शून्यमा झारेका थिए ।

कार्की नेपाल प्रहरीका औंलामा गन्न सकिने राम्रा ठानिने अधिकृतमध्ये हुन्। पहिले काठमाडौं जिल्लामा एसपी रमेश खरेलको टिममा काम गरेका र खरेलका प्रशंसक कार्कीले मोरङ जिल्लामा पहिलोपटक एसपी भएर जाँदा राम्रो काम गरेका थिए। ठेक्कापट्टा र टेन्डरमा राजनीति संरक्षित गुन्डाहरूको पकड निमिट्यान्न पारेका थिए ।

गुन्डाहरूको हप्ताअसुली उनकै पालामा बन्द भएको थियो । नेपाली कांग्रेस र एमालेनिकट गुन्डानाइके अभिषेक गिरी र पर्शुराम बस्नेतको सम्पत्ति सुद्धीकरणसम्बन्धी अनुसन्धान उनैले सुरू गरेका थिए।

बिभिन्न किसिमको राजनीतिक आवरणमा भइरहेको गुण्डागर्दी यिनको कार्यकालमा सफाया नै भएको चर्चा विराटनगर तिर आजभोलि पनि चल्ने गरेको छ ।

कार्कीले सीमा पारीबाट हुने चोरी-तस्करी लगायत गैरकानूनी क्रियाकलापहरु पूर्ण रुपमा नियन्त्रण गरेर नियन्त्रण विराटनगरबासीको मन जित्न सफल भएका थिए ।
विराटनगरमा मात्रै हैन चितवनको प्रहरी प्रमुखको कार्यकाल पनि त्यत्तिकै सफल र चर्चित भएको कुरा चितवनबासीहरु बताउने गर्छन् ।
उनी चितवन प्रहरी प्रमुख हुँदा गुण्डागर्दी, चोरी-तस्करी लगायत गैर-कानूनी क्रियाकलापहरु पूर्णरुपमा नियन्त्रणमा आएर चितवनबासी शान्ति-सुरक्षा र अमन चयनको महसुस गरेको सुन्नमा आउँछ ।

मधेश आन्दोलनले कमजोर शान्ति-सुरक्षा र अस्तब्यस्त अबस्थामा रहेको रौतहट जिल्लामा प्रधुम्न कार्की प्रहरी प्रमुख भएर गए पछि प्रहरी कर्मचारीहरुले उच्च मनोवलका साथ काम गर्ने वातारण पाएको र शान्ति सुरक्षाको अबस्थामा छोटो समय मै निकै सुधार आएको रौतहटबासीहरु बताउँछन् ।

काठमाडौं प्रहरीको सफल अपरेसन अफिसरको रुपमा काम गरि सकेका प्रधुम्न कार्कीले रौतहटमा उत्तेजक एवं हिंसक मधेश आन्दोलनमा तुलनात्मक रुपमा जनधनको क्षति हुनबाट जोगाएर निकै प्रशंसनीय काम गरेको रौतहट सदरमुकाम गौर तिर आजभोलि समेत चर्चाको बिषय बनेको छ ।

त्यसो त प्रधुम्न कार्की डिएसपी हुँदा काठमाडौं प्रहरीको अपरेसन कमाण्डर भएर विभिन्न बन्द , हड्ताल, जुलुसमा स्वयं कमाण्ड गरेर उदाहरणीय कमाण्ड क्षमता देखाएर चर्चामा आएका प्रहरी अधिकृत हुन् ।
आर्थिक मामलामा अत्यन्त पारदर्शी र निश्कलंकित अधिकृतको रुपमा प्रधुम्न कार्की अग्र पंक्तिमा आउँछन् । आफ्नो मातहतका प्रहरी कर्मचारीहरुको मनोवल उच्च राखेर परिचालन, अटनखटन एवं कमाण्ड गर्न सक्ने क्षमता भएकाले नै मातहत कर्मचारीहरु यिनको प्रशंसा गर्ने गर्छन् ।

काठमाडाैंमा रहदाँ कार्कीले नेपाल कै प्रतिष्ठाको रुपमा रहेको नेपाल र नामिबिया विचको क्रिकेट खेल प्रतियोगिता शान्तपूर्बक सम्पन्न गराएकोले यिनको कमाण्ड क्षमताको सर्बत्र प्रशंसा भएको थियो ।
यस्ता आर्थिक रुपमा निश्करलंक, अब्बल नेतृत्व क्षमता भएका र मातहत प्रहरी कर्मचारीहरुले समेत आदर्श व्यक्तिको रुपमा लिने प्रहरी अधिकृतमा पर्दछन्।प्रहरीमा यिनको जस्तो छवि भएको अधिकृतहरुको धेरै जरुरत छ । हाल उनी नवलपरासीस्थित जर्गामा कार्यरत छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.