परीक्षामा प्रथम बनाइदिने प्रलोभन देखाउँदै यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

परीक्षामा प्रथम बनाइदिने प्रलोभन देखाउँदै यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

८ कक्षामा पढ्दै गरेकी १३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ।

हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीका शिक्षक उपेन्द्र चौधरीले बालिकालाई परीक्षामा प्रथम बनाइदिने प्रलोभन देखाउँदै यौन दुव्र्यवहारको प्रयास गरेको भन्दै पीडितका आफन्तले प्रहरीमा उजुरी दिएपछि चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेकाे हाे ।

विज्ञान विषयका शिक्षक चौधरीले बालिका घरमा एक्लै भएको मौका छोपी ललाइफकाइ यौन दुर्व्यवहार गरेको पीडित बालिकाले बयान दिएकी छन्।

चौधरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.