चार वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

चार वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

आफ्नै स्कुलकी चार वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा रौतहटबाट एक शिक्षकलाई प्रहरीले पक्राउ गरेकाे छ।

बौधीमाई नपा ५ मा रहेको डाइनामिक अंग्रेजी बोर्डिङ स्कुलका ३० वर्षीय शिक्षक मनेजर राय यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

जेठ १७ गते दिउँसो शिक्षक यादवले शौचालयमा लगेर अनैतिक काम गरेको भनी बालिकाले अभिभावकलाई जानकारी दिएपछि अभिभावकले प्रहरीमा उजुरी दिएका थिए ।

पक्राउ परेका यादवलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.