बालिकालाई यौन दुर्व्यवहार गरेकाे आरोपमा प्रधानाध्यापक पक्राउ

बालिकालाई यौन दुर्व्यवहार गरेकाे आरोपमा प्रधानाध्यापक पक्राउ

८ बर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेकाे आरोपमा प्रहरीले प्रधानाध्यापकलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त चापागाउँले ललितपुरको बाग्मती गाउँपालिकास्थित फुर्के डाँडा प्राविका प्रधानाध्यापक राम नारायण यादवलाई कक्षा ३ मा अध्ययनरत ८ बर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका आरोपमा पक्राउ गरेको हो।

जेठ १९ गते कक्षामा कोही नभएको मौका पारी यौन दुर्व्यवहार गरेको भन्दै आफन्तले स्थानीय प्रहरी चौकीमा उजुरी दिएका थिए। स्थानीय प्रहरी चौकीले मिलाउने प्रयास गरेको भन्दै आफन्तहरुले चापागाउँ प्रहरी चौकीमा उजुरी गरेपछि यादवलाई पक्राउ गरी अहिले चापागाउँ ल्याइएको पीडितका आफन्तले बताएका छन्।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.