छोरी बलात्कार गर्ने बाबुलाई १९ बर्ष कैदको फैसला

छोरी बलात्कार गर्ने बाबुलाई १९ बर्ष कैदको फैसला

नाबालिका छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवापुरले बावुलाई १९ वर्ष कैद गर्ने फैसला गरेको छ । त्यस्तै पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ ।

जिल्ला न्यायाधीश खडानन्द तिवारीको एकल इजलाशले हेटौंडा उपमहानगरपालिका-१२ का ३७ वर्षीय युवकलाई १९ बर्ष कैद गर्ने सजाय सुनाएको हो । अदालतले नाबालिकालाई बलात्कार गरेकोमा ९ वर्ष कैद र हाडनातामा करणी गरेकोमा १० वर्षसहित १९ वर्ष कैदको फैसला गरेको हो ।

१३ वर्षीया बालिकालाई बावुले पटक/पटक बलात्कार गर्नुको साथै यौन दुर्व्यवहार गर्दै आएका थिए। पछिल्लो पटक बावुले २०७५ पुस २२ गते बलात्कार गरेका थिए। उक्त घटना बालिकाले छिमेकी महिलालाई भनेपछि उक्त अपराध सार्वजनिक भए सँगै प्रहरीले पुस २३ गते बावुलाई पक्राउ गरेको थियो।

जिल्ला अदालत मकवानपुरले अभियुक्तलाई माघको दोस्रो सातामा पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदी पठाएको थियो । नाबालिकाको आमाले दोस्रो विवाह गरिसकेकी छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.