दुई वर्षीया बालिकाको योनीमा कपडा कोचेर हत्या प्रयास

दुई वर्षीया बालिकाको योनीमा कपडा कोचेर हत्या प्रयास

दुई वर्षीया बालिकाको योनीमा कपडा छिराएर मार्ने प्रयास गरेको अभियोगमा बाराबाट एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

महागढीमाई नगरपालिका १ की दुई वर्षीया बालिकाको योनीमा कपडा छिराएर मार्ने प्रयास गरेको अभियोगमा सोही ठाउँकी ४० वर्षीया कलावतीदेवी गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

गिरीले बालिकालाई बिहीबार झन्डै २ बजे खेलिरहेको अवस्थामा घरअगाडिबाट उठाएर एकान्त ठाउँमा पुर्‍याइ प्लास्टिकको डोरीले दुबै हात बाँधेर मुख तथा योनीमा कपडाको टुक्रा कोचेर घरअगाडि फालिदिएकी अनुसन्धानमा खुलेको छ।

बालिकाको कलैया अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएकाे छ । पारिवारिक ‘रिसिइबी’ साँध्न उनले बालिकालाई मार्न खोजेको अनुसन्धानमा खुलेको छ।

प्रहरीले जबरजस्तीकरणी र ज्यान मार्ने उद्योगमा उनीमाथि अनुसन्धान थालेको छ । ‘जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासत राखिएको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.